बुद्ध एयरको जनकपुर उडान थप

समाचार

6/7/2019

जनकपुरधाम, २४ जेठ । जनकपुर विमानस्थलबाट रात्रिकालीन उडान सुरु भए पछि बुद्ध एयरले आफनो उडानको संख्या थपेको छ ।

रात्रिकालीन उडानका लागि आवश्यक पर्ने आईएफआर र एयर फिल्ड लाइटिङ प्रणली जडान भएपछि बुद्धले उडान सुरु गरेको हो ।

विमानस्थलमा रात्रि उडान गर्न मिल्ने भएपछि नेपालको निजी क्षेत्रको अग्रणी हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरले उडान संख्यामा वृद्धि गरेको छ । यसअघि बुद्धले काठमाडौं–जनकपुर दैनिक दुई उडान गर्दै आएको थियो ।

रात्रिकालीन उडान गर्न मिल्ने भएपछि जुन १ तारिखदेखि बुद्धले दैनिक १ उडान थप गरेको हो । बुद्धले हाल काठमाडौं–जनकपुर दैनिक ३ र जनकपुर–काठमाडौं दैनिक ३ उडान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ