बुद्ध एयरले भारतको गुवाहटीमा उडान भर्ने

समाचार

4/21/2019

काठमाडौं, ८ बैशाख । नेपालको निजी क्षेत्रको अग्रणी हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भारत केन्द्रित बनाएको छ । भारतका तीन सहरमा बुद्धले उडानको तयारी गरेको छ ।

गत वर्षको जुनबाट अन्तर्राष्ट्रिय उडानमा भारतको बनारसमा नियमित उडान गर्दै आएको बुद्धले एक वर्षको बीचमा दुई स्थानमा उडानको तयारी थालेको छ ।

थप नयाँ गन्तव्यको लागि बुद्धले भारतको गुवाहटीमा आगामी अगष्ट ३ (साउन १८) गतेदेखि साताको दुई उडान भर्ने तयारी गरेको छ । गुवाहटी उडानका लागि बुद्धले नागरिक उड्डयन प्राधिकरण (क्यान) तथा भारत सरकारसँग अनुमति मागेको छ ।

भारतको बनारसमा साताको दुई उडान, कोलकातामा साताको तीन उडान र गुवाहटीमा साताको दुई उडान गरी बुद्धले तीन सहरमा सातामा सात उडान भर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ