बुद्ध एयरले सातै दिन राजविराज–काठमाडौं उडान गर्ने

समाचार

1/28/2020

राजविराज, १४ माघ । बुद्ध एयरलाइन्सले राजविराजबाट शुरु हुने नियमित उडानको आवश्यक सबै तयारी पुरा भएको जनाएको छ ।

राजविराजमा गरेको पत्रकार सम्मेलनमा बुद्ध एयरलाइन्स राजविराजका स्टेशन इन्चार्ज अनिल राजबंशीले काठमाडौं–राजविराज उडान सातै दिन हुने जानकारी दिए ।

यसअघि श्री एयरलाईन्सले साताको तीन दिन उडान सेवा दिँदै आएकोमा बुद्ध एयरले भने साताका सबै दिन एकरएक वटा उडान गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा स्टेशन इन्र्चाज राजवंशीले सप्तरीका साथै उदयपृुर, सिरहा, सुनसरी तथा सिमावर्ती भारतीय क्षेत्रका यात्रुलाई समेत लक्षित गरेर थालिएको उडान सेवा काठमाडौंबाट राजविराज ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौंका लागी १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको जानकारी दिए । उडानको समय अवधी ३५ मिनेटको हुनेछ ।

नियमित उडान सेवाले पर्यटन प्रर्वद्धनका साथै भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ