बुद्ध जन्मस्थल लुम्बिनीमा प्रवज्या शिविर शुरु

समाचार

2/25/2019

रुपन्देही, १२ फागुन । बुद्ध जन्मस्थल लुम्बिनीमा प्रवज्या शिविर शुरु भएको छ । २३ दिनसम्म चल्ने शिविरमा एकै पटक एक हजार ११९ जनाले प्रवज्या लिने कार्यक्रम छ ।

शिविरअन्तर्गत १७ गते मायादेवी परिसरमा धार्मिक अनुष्ठानका साथ कुलपुत्रहरुले प्रवज्या लिने कार्यक्रम रहेको थाई भिक्षुहरुले लुम्बिनीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

नेपालका प्रथम महासङ्घनायक अरिय धम्मरक्खित नेपाल बुद्ध शासन वंशालङ्कारसिरी सङ्घमहानयक अग्गमहापण्डित’ भिक्षु भद्धन्त प्रज्ञानन्द महास्थवीरको १२९आँै जन्मजयन्तीका अवसर पारेर नेपाली कुलपुत्रहरुलाई प्रवज्जित गर्ने कार्यक्रम राखिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ