वीरगन्ज, ५ फागुन । वीरगन्ज महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा निःशुल्क स्नेटरी प्याड वितरण कार्य सुरु गरिएको छ ।
गतबर्ष देखि सुरू गरिएको उक्त अभियानलाई विद्यालयहरुमा स्नेटरी प्याड मेशिन जडान गरेर निरन्तरता दिने अभियानमा वीरगन्ज महानगरपालिका जुटेको छ । वीरगन्ज महानगरपालिका भित्र रहेका सबै माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयहरुमा स्नेटरी प्याड मेशिन जडान कार्यलाई सुरु गरिएको छ ।
नगरप्रमुख बिजय कुमार सरावगीले गतबर्ष निशुल्क स्नेटरी प्याड वितरण कार्यक्रममा घोषणा गरे अनुसार महानगरपालिकाले विद्यालयहरुमा स्नेटरी प्याड मेशिन जडान अभियानलाई आइतबार एक कार्यक्रम गरी सुुरु गरिएको हो । आवश्यकता अनुसार एटिएम जस्तै स्नेटरी प्याड निकाल्न सक्ने उक्त मेशिन महानगरपालिकामा रहेका सबै ९२ वटा विद्यालयहरुमा जडान गरिने महानगरपालिकाले जनाएको छ ।
आइतबार विहान एक कार्यक्रम गरि जडान गरिने मेसिन संचालनको बारेमा प्राविधिक जानकारी गराइएको थियो । वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगी, उपमेयर सुश्री शान्ति कार्की र शैक्षिक महाशाखाका प्रमुख अरबिन्द कर्णको विशेष उपस्थितीमा रहेको उक्त कार्यक्रममा मसिनहरुमा प्याड राख्ने तथा छात्राहरुले आवश्यकता अनुसार सहज रुपमा निकाल्न सक्ने कार्यको बारेमा जानकारी समेत गराइएको थियो ।
तपाईको प्रतिक्रिया