काठमाडौं, १६ जेठ । नेपाल मुस्लिम संघले मुस्लिम धर्मावलम्बीको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ । गोरखामा पत्रकार सम्मेलन गरी संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गरे ।
मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै इद पर्वमा बिदा दिन उनले माग गरे । अध्यक्ष सतारले यही महिनाभित्र पर्ने इद पर्वमा सार्वजनिक बिदा दिन माग गर्दै प्रदेश सरकार र संघीयय सरकारको ध्यानाकर्षण गराइसकेको बताए ।
तपाईको प्रतिक्रिया