रुपेन्द्र पटेल, रौतहट, २५ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा २ जना पहिचान नखुलेको शव फेला परेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुरको मुनलाईट स्कुल अगाडी एकजना र चन्द्रनिगाहपुर बजारमा एकजनाको शव फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
चन्द्रनिगाहपुरको तल्लो बजारमा सवारी साधानले ठक्कर दिएको अवस्थामा एकजना ३०/३२ बर्षको पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिए ।
यता चन्द्रनिगाहपुरको मुनलाईट स्कुल अगाडी एकजना मागी खाने मान्छेको शव फेला परेको प्रहरीले बताएको छ । दुबै जनाको शव चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा राखिएको प्रहरीको भनाइ रहेको छ ।
तपाईको प्रतिक्रिया