राकेश यादव, रौतहट, १४ बैशाख । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ५ स्थित कलाकुञ्ज पुस्तकालय अगाडी अज्ञात समुहले राखेको बम नेपाली सेनाको टोलीले निष्कृय गरेका छन । शनिवार विहान करीव ९ बजेको समयमा कालो रंगको प्लास्टिकमा टाइम बम जस्तो बस्तु राखिएको अवस्थामा देखा परे पछि त्रासको बातावरण सृजना भएको थियो ।
सानो बालबालिका चलाउँदै गरेको बेला नजिक रहेको एल जी शोरूमका संचालक संतोष केसरीले घडी राखिएको र सो सञ्चालन रहेकोले टाइम बम भएको शंका लागेपछि प्रहरीलाइ खबर गरेको थिए । तार बेरिएको घंडी जडान समेत भएकोले विस्फोटक सामग्री बम नै रहेको अनुमान प्रहरीको रहेको छ ।
तपाईको प्रतिक्रिया