विराटनगर, ७ पुस । विराटनगरमा बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा “न्यु इयर ब्यास २०२०” कार्यक्रम आयोजना हुने भएको छ । यही पुष १९ गते शनिबार विराटनगरको होटेल नमस्कारमा उक्त कार्यक्रम आयोजना हुने भएको हो ।
बिभिन्न अन्तराष्ट्रिय र राष्ट्रिय स्तरका कलाकार सहित उक्त कार्यक्रम गरिने आयोजकले जनाएको छ । कार्यक्रममा भारतीय कमेडियन राजु श्रीवास्तव , राजु निगम , जादुगर कारण चौहान, टिकटकमा समेत लोकप्रिय चीन्की मिन्की र कलाकार श्रेया जैन लगायतको प्रस्तुति हुनेछ । \
सन् २०२० नयाँ बर्षको सेलिब्रेशनको लागि उक्त कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ ।
तपाईको प्रतिक्रिया