ब्राउनसुगरसहित तीन जना पक्राउ

समाचार

2/6/2019

सुनसरी, २२ माघ । धरान उपमहानगरपालिका–६ पानमारीबाट अवैध लागूऔषध ब्राउन सुगर ८ सय २० मिलीग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय निराजन मगर र उनका साथी २९ वर्षीय सुसन मगर र धरान-१५ बिशाल चोक बस्ने २४ वर्षीय सञ्जोग थापा रहेका छन् ।

प्रहरीले को.१ प ९९३६ र को.२५ प ९५०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ