ब्रिटिश कलेजलाई कारबाही गर्न राष्ट्रिय विद्यार्थी संघको माग

समाचार

3/10/2019

काठमाडौं, २६ फागुन । थापाथलीस्थित द ब्रिटिश कलेजलाई कारबाही गर्न राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले माग गरेको छ ।

गत माघ २९ गते ब्रिटिश कलेजले ९ दिने शैक्षिक भ्रमणको लागि २६ जना विद्यार्थीहरुको टोली दुबई भ्रमणमा गएको र भ्रमणमा गएको ३ दिन नबित्दै फागुन २ गते शैक्षिक भ्रमणमा गएको विद्यार्थी जिल्ला सिरहा निवासी मिर्चैया न.पा. वडा नं. ५ स्थायी बसोबास भएको महेन्द्र श्रेष्ठको छोरा २० वर्षिय बी.बी.ए.–आई.टि.प्रथम वर्षमा अध्ययनरत्त विद्यार्थी गौरव श्रेष्ठको निधन भएको थियो ।

महेन्द्र श्रेष्ठको निधन कलेजकै लापरबाहीका कारण भएको निष्कर्ष निकाल्दै कलेजलाई कारबाही विद्यार्थी संघले माग गरेको हो ।

मृत विद्यार्थी गौरव श्रेष्ठप्रति राष्ट्रिय विद्यार्थी संघले श्रद्धाञ्जली व्यक्त गर्र्दै उनको परिवारजनप्रति सम्वेदना व्यक्त गरेको छ ।

साथै उक्त भ्रमणमा गएको विद्यार्थीहरुलाई समुद्रमा नुहाउने क्लेजको स्वीमिङ्ग गर्ने कुनै कार्यक्रम नहुँदानहुँदै पनि विद्यार्थीहरुलाई समुद्रमा विनालाइफ जेकेटको नुहाउँने छुट क्याम्पस प्रशासनले सुनियोजित एवं शंकास्पद तरीकाले दिएको संघको ठम्याई छ ।

तसर्थ नेपाल सरकारले द व्रिटिस क्लेज थापाथली काठमाडौँलाई छानविनको दायरामा ल्याई संघको प्रतिनिधित्व हुने गरी छानविन समिति गठन गरी दोषिलाई कारवाहि र पीडित परिवारलाई न्यायको प्रत्याभुति गराउन नेपाल सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष चिरञ्जीवी यादवले आइतबार एक विज्ञप्ति जारी गरी संगठनको माग र पीडित परिवारप्रति सरकार उदासिन देखिएमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ