बर्दिबासमा मेडिकल कलेज खोल्ने सरकारको तयारी

समाचार

3/4/2019

काठमाडौं, १५ फागुन । सरकारले महोत्तरीको बर्दिबाससहित रुपन्देहीको बुटवल र सुर्खेतको वीरेन्द्रनगरमा सरकारी मेडिकल कलेज खोल्ने तयारी गरेको छ ।

फागुन ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा मन्त्रालय अन्तर्गत ३ वटा मेडिकल कलेज खोल्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सरकारले १० करोड रुपैयाँ समेत छुट्याएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बर्दिबास, बुटवलमा र सुर्खेतमा मेडिकल कलेज खेल्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न १० करोड रुपैयाँ समेत छुट्याइएको जानकारी दिए ।

सरकारले कोशी अस्पताल विराटनगर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल, डडेल्धुरा, भेरी अस्पताल बाँके, विशेषज्ञ सेवा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ