बारामा कोरोना भाइरसविरुद्ध सचेतनामूलक कार्यक्रम

समाचार

2/1/2020

बारा, १९ माघ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराद्वारा कोरोना भाइरसविरुद्ध बृहत जनचेतनामूलक र्याली तथा कोणसभा सम्पन्न भएको छ ।

शनिबार भएको सचेतनामूलक कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यमा भरत चोकबाट बाजा, पम्पलेट तथा व्यानर सहितको उक्त जनचेतनामूलक र्यााली बजार परिक्रम गरी पुनः भरतचोक आई कोणसभामा परिणत भएको थियो ।

उक्त कार्यक्रम कलैया अस्पताल बाराका डा.प्रेमशंकर चौरसियाले कोरोना भाइरस बिरुद्धमा जानकारीमूलक मन्तव्य राखेका थिए । कार्यक्रममा कोरोना भाइरसविरुद्ध सम्बन्धी पर्चा समेत वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनाल, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, सो उपमहानगरपालिकाका सबै वडाका वडाध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका प्रमुखहरु, महिला संजालका प्रमुख तथा प्रतिनिधीहरु, जिल्लास्थित रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्काउटका अध्यक्ष तथा नेपाल स्काउटमा आवद्ध विद्यार्थी तथा शिक्षकहरु, स्थानीय संचारकर्मीहरु, सामुदायिक प्रहरीका अध्यक्ष तथा सचिव लगायत जिल्लास्थित रहेका मनकामना स्कुल, ब्राईट लाईन स्कुलका शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ