बारा, १४ पुस । स्वतन्त्र मानव अधिकार समाजद्वारा बारा शाखा गठन, पदस्थापना एवं सम्मान समारोह कार्यक्रम सम्पन्न गरीएको छ ।
विरगंजको गणेशमान चौक नजिक रहेका प्रज्वलीत दैनिकका कार्यकक्षमा भएको कार्यक्रममा बारा शाखाका सयौँ महिलाहरु, पुरुषहरु र स्वतन्त्र मानव अधिकार समाजका पदाधिकारीहरुको कार्यक्रममा उपस्थिती देखिएको थियो ।
स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्ण कुमार खनालको अध्यक्षतामा शाखा गठन, पदस्थापना र सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो ।
सम्मानको क्रममा आबद्ध पदाधिकारी समाजसेवी र सञ्चारकर्मीहरुलाई दोसल्लाह ओढाई, फुलमाला लगाई कदरपत्र दिएको थियो ।
तपाईको प्रतिक्रिया