बालिकाको नाममा बैंक खाता खोल्ने अभियान

समाचार

3/10/2019

चितवन, २५ फागुन । इच्छाकामना गाउँपालिकाले नारी दिवसका अवसरमा स्थानीय स्वास्थ्य संस्थामा जन्मिएका बालिकाको बैंकमा मुद्धती खाता खोल्ने अभियान थालेको छ ।

साउनयता जन्मिएका २३ बालिकाको खाता खोलिएको गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । जनही रु १० हजारको खाता खोलिएको हो ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउन र छोरी जन्माउँदा कुनै पनि अभिभावकले रुढीवादी सोच राखेर दुखी नहुन उत्प्रेरित गर्ने उद्देश्यले बालिका बचत शुरू गरिएको गुरुङको भनाइ थियो ।

सो अभियान नियमित रुपमा सञ्चालन गरिनेछ ।चितवन, २५ फागुन । इच्छाकामना गाउँपालिकाले नारी दिवसका अवसरमा स्थानीय स्वास्थ्य संस्थामा जन्मिएका बालिकाको बैंकमा मुद्धती खाता खोल्ने अभियान थालेको छ ।

साउनयता जन्मिएका २३ बालिकाको खाता खोलिएको गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । जनही रु १० हजारको खाता खोलिएको हो ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउन र छोरी जन्माउँदा कुनै पनि अभिभावकले रुढीवादी सोच राखेर दुखी नहुन उत्प्रेरित गर्ने उद्देश्यले बालिका बचत शुरू गरिएको गुरुङको भनाइ थियो । सो अभियान नियमित रुपमा सञ्चालन गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ