सप्तरी, १९ वैशाख । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले अपहरणमा परेका राजगढ गाउँपालिका–३ का १२ वर्षीय लक्षमण यादवलाई सोमवार राति सकुशल उद्धार गरेको छ ।
भारतको सितामढी अन्तर्गत सिवहर भन्ने ठाउँमा रहेको होटलबाट लक्ष्मणको उद्धार गरी मंगलवार पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको हो ।
स्थानीय ठकन यादवको छोरीको बिवाह भोज खान गएकोमा घर नफर्केको भन्ने वैशाख १३ गते खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले सुक्ष्म रुपमा अनुसन्धान गर्दा निज बालक अपहरणमा परेको खुल्न आएकोले खोजी गर्ने क्रममा भारतको होटलमा पुर्या ई वेवारिसे छाडेको अवस्थामा फेला पारी सकुशल उद्धार गरिएको हो ।
अपहरणकारीहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया