बालिका बलात्कार आरोपमा पक्राउ

समाचार

10/1/2018

कैलाली, १४ असोज । कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवन बस्ती नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको र अभियुक्त किरण विकलाई अनुसन्धानका लागि जिल्ला चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ