वीरगंज, २२ मंसिर । डि.ए.भी.आर.बी.केडिया स्कुल परवानीपुरको २५औं बार्षिकोत्सवको उपलक्ष्यमा स्कुलले आफ्नो सिल्बरजुब्ली मनाउनुको साथै स्कुलका संस्थापक, बरिष्ठ समाजसेवी तथा उधोगपति स्व. शंकर लाल केडियाको ८३ औं वार्षिक पुण्यतिथि अवसरमा बालबालिकाद्वारा बिज्ञान प्रदर्शनी तथा रमाईलो मेला कार्यक्रमको आयोजना गरयो ।
उक्त बिज्ञान प्रदर्शनी तथा रमाईलो मेला कार्यक्रमको समुदघाटन कार्यक्रमका प्रमुख अतिथी स्कुल ब्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी तारा चन्द केडियाले समुदघाटन गरे ।
कार्यक्रमका प्रमुख अतिथी केडिया लगायत उधोगपति प्रदिप केडिया, केडिया डेण्टल हस्पिटल परवानीपुरका प्रमुख डा. बिजय अग्रवाल, रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रीय संयोजक कन्हैया गुप्ताले सो बिज्ञान प्रदर्शनी तथा रमाईलो मेलाको निरीक्षण गरेका थिए ।
तपाईको प्रतिक्रिया