इटहरी, २८ जेठ । इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आचार्यलाई बाल सद्भावना दूत घोषणा गरेको छ ।
मंगलबार एक कार्यक्रमका बीच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले बाल सद्भावना दूत घोषणा गरिएको पत्र प्रदान गरेकी छन् ।
प्रमुख प्रशासकीय अधिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरेका छन् । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिइन् ।
उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गरे ।
बाल गायक प्रितम आचार्यले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सर्पोट र मायाप्रति धन्यवाद दिए ।
भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए ।
प्रितम आचार्य भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर सोमबार इटहरी फर्किएका हुन् ।
प्रितमले बाल सद्भावना दूत घोषणा कार्यक्रममा देशले रगत मागे मलाई बली चढाउ बोलको चर्चित गीत गाए ।
तपाईको प्रतिक्रिया