रौतहट, १५ कार्तिक । रौतहट जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गतको औरैयामा महिला तथा बालिकाहरुले महिला हिंसा, बाल विवाह, रक्सी भट्ठी, दाईजो प्रथाको अंत गर्नु पर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
औरैया गाउमा विद्यालय र मंदिर नजिक अबैध रुपमा खुलेयाम तरीकाले भइरहेको रक्सी बिक्री वितरणले बालबालिका माथि नकारात्मक असर परीरहेकोकोले त्यस्ता सामाजिक विकृतिहरुको नियन्त्रण गर्नु पर्ने उद्देश्यले महिला तथा बालिकाहरु विरोध गर्दै नगरपालिका कार्यालयमा पुगेका थिए ।
वेलुकीको समयमा दारू सेवन गरेर आपराधिक घटना गर्नुको साथै महिला तथा बालिकाहरु हिंसाको शिकार भैरहेकोले दशगजा क्षेत्रमा र गाउमा सञ्चालन रहेको रक्सी पसल र भट्ठी बंद गर्नु पर्ने भन्दै महिलाहरुले प्रदर्शन गरेका हुन् ।
सामाजिक रूपांतरणको लागि छलफल केन्द्रको अभियान महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यको लागि अभियान अन्तर्गत निकालिएको सचेतना मूलक रैलीमा सहभागी महिलाहरुले नगरपरिक्रमा गर्दै नगरपालिका कार्यालयमा पुगेरे नाराबाजी समेत गरेका थिए ।
अभियानका नेतृत्वकर्ता पूजा जायसवालले रक्सी र दाइजो प्रथाको कारण महिला तथा बालिकाहरु विभिन्न हिंसाको शिकार भई ज्यान समेत गुमाउनु परिरहेकोले यस्ता विकृतिहरुको अन्त हुनुपर्ने बताएकी छन् ।
उनले महिलाहरु तथा बालिकाहरुको मानव अधिकारको रक्षा गर्नु पर्ने स्थानीय सरकारको दायित्व भएको जिकिर गरिन् । महिला हिंसाको अन्त गर्नु पर्ने अभियानमा लागेकी जायसवालले भनिन्, ‘दाइजोको कारण कतिपय महिलाहरुको ज्यान गुमाउनु परेको हो भने रक्सीको कारण बालिका तथा महिलाहरु बलात्कारको शिकार भएको उदहारण दिइन् ।
रैलीमा सहभागी भएकी बालिकाहरुले ईशनाथ मंदिर र जनता माध्यमिक विद्यालयको विचमा रहेको रक्सी पसलको कारण विद्यालय आऊंन कठिनाई भैरहेको बताउँदै यसलाई तत्काल नियंत्रण गर्नु पर्ने धारणा राखेका थिए ।
उनीहरुले एक दुइ दिन भित्रमा रक्सी पसल भट्ठी माथि कार्यवाही गरिएन भन्ने चर्को प्रदर्शन गर्ने समेत चेतावनी दिएका छन् । नगरप्रमुख संतोष मेहताले चाडै नगर कार्यसमितिको बैठक बोलाएर यसको विषयमा निर्णय लिने आश्वासन दिएका छन् ।
समूहलाई सम्बोधन गर्दै मेयर मेहताले सामाजिक विकृतिहरुलाई हटाउनु पर्ने विषयमा नगरपालिका गंभीर रहेको बताए । दाइजो प्रथा, बाल विवाह न्यूनीकरण गर्नु पर्ने मुख्य योजना भएकोले चाडै बन्द गराउने प्रतिवद्धता जनाएका छन् ।
१० हजारको जनसँख्या भएको औरैयामा ५० वटा रक्सी भट्ठी तथा पसलहरु सञ्चालनमा रहेका छन् । भारतीय सीमा क्षेत्रसँग जोडिएको औरैयामा ईशनाथ महादेव मंदिर र जनता माध्यमिक विद्यालयको विचमा ६ वटा राक्सिको पसल सञ्चालन रहेको छ ।
विहार सरकारले रक्सीमा प्रतिबन्ध लगाएपछि नेपालको सीमामा बढी रक्सीको पसल खुलेका छन् । विद्यालय क्षेत्रमा रक्सी पसल सञ्चालन गर्नेहरुमा सुरेन्द्र मण्डल, नथुनी मण्डल, हरिश्चंद्र साह, रामप्रसाद पटेल र अरविन्द साह रहेका छन् ।
भारतीय सिमानामा रहेका १५ वटा भट्ठीको कारण चोरी डकैती, हत्या, बलात्कारको घटना हुन सकने सम्भावना बढी रहेको छ । भारतीय सीमादेखि ५ सय भित्रमा मदिरा बिक्री वितरण गर्नु पर्नेमा दशगजा नजिक मदिरा बिक्री वितरण भैरहदा पनि स्थानीय सरकार तथा स्थानीय प्रशासनले कुनै सक्रियता देखएको छैन ।
सशस्त्र प्रहरी बल बीओपी लक्ष्मीपुर बेलविच्छवाका सशस्त्र प्रहरी निरीक्षक दशगजा क्षेत्र र गाउमा रक्सीको उत्पादन र विक्री वितरणले महिला ,बाल बालिकाहरु हिंसामा पर्नुको साथै समाजमा विकृति फैलने भएकोले नियंत्रण गर्नु पर्ने उपयुक्त देखिएको बताएका छन् ।
शान्ति सुरक्षा, हिंसामुक्त समाज बनाउनका लागि सामाजिक विकृतिहरुको न्यूनीकरण महत्पूर्ण रहेको जोड दिँदै यसमा सबै सरोकारवाला क्षेत्रको सहभागिता जरुरी रहेको औंल्याए ।
तपाईको प्रतिक्रिया