बसको ठक्करबाट कारमा सवार ३ जना घाइते

समाचार

9/10/2019

धनुषा, २३ भाद्र । मिथिला नगरपालिका–९ कालीस्थित पूर्व(पश्चिम लोकमार्गमा ना.५ ख २५९९ नम्बरको बसले बा.१५ च ५७२९ नम्बरको कारलाई सोमबार बिहान ठक्कर दिँदा कारमा सवार ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका कार चालक भक्तपुर बोडे बस्ने ३५ वर्षीय अनिल बुढाथोकी समेत ३ जनालाई उपचारको लागि विराटनगरतर्फ लगिएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ