बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

समाचार

1/25/2020

नवलपरासी(पूर्व), ११ माघ । बिनयी त्रिबेणी गाउँपालिका–७ साईफन चोकस्थित सडकमा बसको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

लु.१ ख ७४८४ नम्बरको बसको ठक्करबाट भारत बिहार मधुवन ग्राम पंचायत बाख्रा कोलुवा टोल बस्ने ४५ वर्षीय धरम माझीको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ