मोरङ, १९ कार्तिक । बिराटनगर महानगरपालिका–३ स्थित सडकमा ना.५ख ४५१३ नम्बरको बसलेको.१० प ६२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते मोटरसाइकल चालक सोही स्थान बस्ने ३८ वर्षीय मनोजकुमार मोदीको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया