सुनसरी, ६ फागुन । दुहबी नगरपालिका–३ फुटानी चोकस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
ना.४ ख ७४२७ नम्बरको बसले सोमबार बिहान ठक्कर दिँदा पैदलयात्री ४७ वर्षीया रेखा झाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया