रुपन्देही, २३ माघ । बुटवल उपमहानगरपालिका–१ जितगढीस्थित सडकमा लु.१९ प ८१० नम्बरको मोटरसाइकल लु.१ ख ७०६६ नम्बरको बससँग ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल उपचारका क्रममा मृत्यु भएको छ ।
सोही उपमहानगरपालिका—६ बस्ने भारत गोरखपुर घर भएका ३५ वर्षीय अल्लाहा ओदिन सेन मन्सुरीको लुम्बिनी अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २२ वर्षीय गोलु मुसलवानको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया