बसले जीपलाई ठक्कर दिँदा एकको मृत्यु, ६ घाइते

समाचार

2/8/2020

बाँके, २५ माघ । बैजनाथ गाउँपालिका–१ हात्तिसार चिसापानीस्थित सडकमा भे.१ ख २७५९ नम्बरको बसले भे.१ च १६५१ नम्बरको जिपलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका जिपका चालक नौबस्ता–२ बस्ने ३२ वर्षीय राज कुमार थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ