बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

4/16/2019

रौतहट, २ बैशाख । गौर–चन्द्रनिगाहपुर सडकखण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो वृन्दावन नगरपालिका ६ हर्साह नजिकै ना ४ ख ६१११ नम्बरको बसले गौरबाट चन्द्रपुर तर्फ आउँदै गरेको ना ४६ प ९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाहीका किसन साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा पछाडि बसेकी आरती साह गम्भीर घाइते भएकी छन् । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको छ, चालक भने फरार रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ