बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

समाचार

6/23/2019

रुपन्देही, ८ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा शनिबारराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र जलेर दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

कागजपत्र जलेर नष्ट भएकाले मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । बस र चालकलाई नियन्त्रणमा लिनुका साथै प्रहरीले घटनाबारे प्रअनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ