बस कारमा ठोक्किँदा १६ जना घाइते

समाचार

2/22/2019

बाँके, १० फागुन । कोहलपुर नगरपालिका–१२ रोहेणिखोलास्थित सडकमा ना.४ ख ९२४२ नम्बरको बस बा.४ च १४२४ नम्बरको कारमा ठोक्किएर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा बसमा सवार १६ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका सबै जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुवै सवारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले उद्दार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ