बस दुर्घटनामा पाँचको मृत्यु

समाचार

11/25/2018

सप्तरी, ८ मंसिर । हनुमाननगर कंकालिनी नगरपालिका–१० ईनर्वास्थित सडकमा को.१ ख २७९९ नम्बरको बस शुक्रबार बेलुका अनियन्त्रित भई दुर्घटना भएर पोखरीमा खस्दा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा डाक्नेश्वरी नगरपालिका(५ बस्ने ७० वर्षीय बेचनीदेवी यादव, ६० वर्षीया शिकिलादेवी साह, भुखनीदेवी यादव, दिनेश रजक र उनकी श्रीमती बौकीदेवी रजक रहेका छन् ।

दुर्घटनामा घाइते भएका अन्य ४८ जनामध्ये १३ जनाको धरान घोपा अस्पताल, १ जनाको नोबेल अस्पताल बिराटनगर र ३४ जनाको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ