दाङ, ८ पुस । शहिद कृष्णसेन इच्छुक बहु प्राविधिक शिक्षालयका विद्यार्थी तथा शिक्षक चढेको बस दुर्घटना हँुदा २३ जनाको ज्यान गएको घटनाप्रति राष्ट्रिय जनता पार्टी नेपालले समवेदना प्रकट गरेको छ ।
राजपाका संयोजक राजेन्द्र महतोले शनिबार एक विज्ञप्ति जारी गरी आफू र पार्टीको तर्फबाट शोक संतप्त पविारप्रति गहिरो समवेदना प्रकटका साथै घाईतेप्रति शीघ्र स्वास्थ लाभको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
महतोले विज्ञप्तिमार्फत् यस हृदयविदारक घटनामा ज्यान गुमाएका परिवारलाई राहत स्वरुप तत्काल आर्थिक सहयोग प्रदान गर्न एवं दुर्घटनामा घाईते भएकाहरुको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्ने कुरा पनि व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया