बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

समाचार

12/18/2018

बाँके, २ पुस । बैजनाथ गाउँपालिका–५ जि गाँऊस्थित पुर्व पश्चिम राजमार्गमा बा.१ क ४४९५ नम्बरको बस र लु. ४३ प ९५९९ नम्बरको मोटरसाइकल सोमबार बिहान एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत लेखबेसी नगरपालिका–१ बस्ने २७ वर्षीय बिक्रम गहतराज र मोटरसाइकलमा सवार गुर्बाकोट नगरपालिका–१२ बस्ने ३२ वर्षीय मदन सुनारको मेडिकल कलेज कोहलपुर उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ