बृहत बिराट क्षेत्र विकास सम्बन्धमा ल्याइएको विधेयकको सांसद यादवद्वारा स्वागत

समाचार

4/23/2019

विराटनगर, १० बैशाख । प्रदेश १ सरकारले ल्याएको बृहत बिराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादवले स्वागत गरेका छन् ।

फोरमका संसदीय दलका नेतासमेत रहेका यादवले बृहत विराट क्षेत्र विकाससंग जोडेर विराटनगरमा राजधानी राख्ने उदेश्यले यो विधेयक सरकारले ल्याएको भन्दै विधेयकको स्वागत गरेका हुन् ।

यता, सरकारले ल्याएको विधेयकप्रति सत्ता पक्षका केही सांसदहरुले स्वागत गरे पनि अधिकांशले सरकारले विधेयक हतारमा ल्याएको भन्दै सरकारको नियतमाथि शंका रहेको बताए ।

प्रदेश सभाको सोमबार बसेको प्रदेशसभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिदै सत्तापक्षका सांसद बलबहादुर सम्सुहाङले प्राचिन बिराट राज्यलाई समेट्ने गरी विकास गर्ने उद्देश्यले विधेयक ल्याइएको भए त्यो सामान्तबादको अवषेशलाई ब्युताउन खोजिएको बताए ।

प्रतिपक्ष नेपाली कांग्रेसका सचेतक सुर्यामराज राईले सरकारले ल्याएको यो विधेयक हेर्दा साचिकै अब भने नेकपाको दुई तिहाईको सरकारप्रति भर पर्ने अबस्था अन्त्य भएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ