वीरगन्ज, ११ माघ । साउथ जोन माध्यमीक विद्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गराउने क्रममा रक्तको अभावलाई मध्य नजर राख्दै विद्यालयमा अध्यन्रत कक्षा ८, ९ र १० का विद्यार्थीहरु को आयोजनामा रक्तदान गरिएको थियो ।
शनिवार भएको बृहत रक्तदान कार्यक्रममा विभिन्न संघ संस्था, शिक्षक शिक्षिका र गुरुवर्ग जस्ता व्यक्तित्वहरुले आ–आफनो रक्तदान गरी सहयोग पुर्याएका थिए ।
तपाईको प्रतिक्रिया