राकेश यादव,रौतहट, २० चैत । घरमा नयाँ सदस्यको आगमनको संकेत देखा पर्ने बित्तिकै परिवारका सदस्यहरुको खुसीको सिमा रहँदैन । तर, रौतहटमा नयाँ सदस्य आउने संकेत पाउने वित्तिकै सासु, ससुरा, देवर, देवरानी, नन्द र श्रीमान भोकै बसेको र त्यो आउने सदस्यलाइ दुनियाँ देख्नुभन्दा पहिला नै हत्या गर्ने प्रयास गरेको खुलेको छ ।
यो घटना रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर १ पथरा निवासी २६ वर्षीय महिला अम्बिका सित घटेको हो ।
सामाजिक परम्परा अनुसार स्थानीय रामपुकार राय यादवको छोरा पंकज यादवसँग २०७२ सालमा बैवाहिक बन्धनमा बाँधिएकी अम्बिका यादवलाई सासु, ससुरा, नन्द श्रीमान्ले कुटपिट गरी घरबाट निकाला समेत गरिदिएका छन् ।
उच्च शिक्षा अध्ययन गरेकी पीडित महिलाले आफु माथि दाइजोको लोभमा सासु, ससुरा र नन्द समेत मिलेर हत्या गर्ने षड्यन्त्र २०७५ फाल्गुन ९ गते रातिको समयमा गरेको बताएकी छिन् ।
आफु माथि भएको अन्याय, अत्याचारको न्यायका लागि ठाउँ ठाउँमा गुहार लगाए पनि अहिलेसम्म न्यायको अनुभूति नपाएको दुखेसो पोखिन् ।
पहिलो सन्तानको रुपमा छोरा पाएको र दोस्रो पटक गर्भवती भएको खबर पाएपछि सासु जयलस देवी , ससुरा रामपुकार यादव , नन्द रविता कुमारी यादव लोग्ने पंकज यादवले गर्भपतन गराउन दवाव दिएको इन्कार गरेपछि पशु जस्तो कुटपिट गरेको बताइन् ।
विहे पछि एउटा सन्तानको जन्म हुँदा राम्रो सम्वन्ध रहेको र गौर स्थित निजी विद्यालयमा अध्यापन गर्दै आएको क्रममा शिक्षिका साथी संग पिकनिक गएको निहुमा म माथि कुटपिट गरी घरबाट निकाला गरेको आपविति घटना सुनाईंन ।
सर्लाही जिल्लाको मुसैली माइती घर भएको र बुवा किसान भएकोले दाइजो बापत ५ लाख नगद , भैसी , ग्यास सिलिंडर , फर्नीचर लत्ता कपडा समेत लिएको भन्दै पीडि़त महिलाले गौरमा जग्गा किनलाइ थप ५ लाख नगद बाबू सित ल्याउनु पर्ने सासु ससुराले भने पछि अव कहा बाट ल्याउने भन्दा यातना दिएको बताइन ।
रौतहटमा महिला हिंसाको घटना बढ्दै गएको महिला तथा वाल बालिका सेवा केन्द्र गरुडाका प्रहरी सहायक निरीक्षक फुलमाया चौधरीले बताएकी छिन् । बैदेशिक रोजगारी, बाल विवाह र अशिक्षा जनचेतनाको कारण महिला हिंसा बढ्दै गएको उनको तर्क रहेको छ । दाइजो पनि यसको मुख्य समस्या रहेको छ ।
सेवा केन्द्रमा अहिले सम्म घरेलु हिंसाका ३८४ तथा लैंगिक हिंसाका २८६ उजुरी परेको जानकारी गराउँदै प्रहरी सहायक निरीक्षक चौधरीले दिनहुँ ५ देखि ७ वटा सम्म उजुरी आउने गरेको बताए ।
तपाईको प्रतिक्रिया