झापा, ११ मंसिर । झापामा प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ का ३० वर्षीया ३० मेनका मुर्मू र सोही ठाउँका ३१ वर्षीय दिवु मुर्मू रहेका छन् ।
जिल्ला अदालत झापाले मेनका र दिवुलाई बहुविवाह मुद्दामा २०६७ मङ्सिर १६ गते एक/एक वर्ष कैद र रु पाँच/पाँच हजार जरिवाना तोकेको थियो । उनीहरूलाई सोमबार कारागार चलान गरिएको छ ।
तपाईको प्रतिक्रिया