जनकपुरधाम, ४ बैशाख । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले समाजको उत्थान, दिशानिर्देश गर्न तथा समाजलाई सही मार्ग देखाउन ईश्वरले समय समयमा महात्माहरुलाई जन्म दिएको बताएका छन् ।
अहिँसाको अग्रदुत भगवान महावीरको २६१८ औं जन्म जयन्तीको अवसरमा वीरगन्जमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले महावीर को समकालीन भगवान बुद्ध पनि रहेको बताए । साथै उनले भगवान महावीरले देखाएका बिभिन्न मार्ग तथा सिकाएका अहिँसाका पाठबाट सबैले सिक्नुपर्ने बताए ।
भगवान महावीरले पृथ्वीमा रहेका पशु पंक्षी सहितका बिभिन्न प्राणीहरुलाई प्रेम गर्न र अहिँसाको मार्गमा हिँडन सिकाएको बताउ ।
कार्यक्रममा समाजसेविका बिणा पन्तले पृथ्वीमा रहेका हरेक प्राणीलाई प्रेम गर्नुपर्ने धारणा राखेकी थिईन ।
पन्तले अलपत्र अवस्थामा रहेका घाईते पशुपंक्षीहरुलाई बिभिन्न समयमा उपचार गराउने देखि दिएर निस्वार्थ रुपमा समाजसेवामा सक्रिय रहेकोले अशोक कुमार बैद्दले आफ्नो आमाको नाममा रहेको ट्रष्टबाट ५१ ह्जार नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।
त्यस्तै कार्यक्रममा बरिष्ठ पत्रकार चन्द्र किशोर झाले बिरगँज आर्थिक नगरी मात्र नभएर बिभिन्न धर्म तथा जातजातिको सँगम स्थल पनि रहेको धारणा राखे । त्यस्तै महावीरले अहिँसा सम्बन्धी सन्देश दिएको र प्राणीहरुलाई प्रेम गर्नुपर्ने सिकाएको बताए ।
तपाईको प्रतिक्रिया