‘भिजिट नेपाल इज नट कम्प्लिट विदआउट भिजिट मधेश’ भन्दै पर्यटनमन्त्रीलाई ध्यानाकर्षणपत्र

समाचार

10/23/2019

काठमाडौं, ६ कार्तिक । भिजिट मधेश नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

बुधबार बिहान भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफको नेतृत्वमा गएको टोलीले पर्यटमन्त्री भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

भिजिट मधेशका अभियन्ताहरुले ‘भिजिट नेपाल इज नट कम्प्लिट विदआउट भिजिट मधेश’ भन्दै मधेशका पर्यटकीयस्थलहरुबारे जानकारी गराएका थिए ।

तराई/मधेशको पर्यटन प्रवर्द्धन एवं पर्यटकीय क्षेत्रको बिकासलाई विशेष प्राथमिकतामा राख्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ ।

भेटघाटको क्रममा यस विषयमा सान्दर्भिक छ्लफल समेत भएको भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक सर्राफले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ