‘भोजपुरीका पितामह’ दीपनारायण मिश्रप्रति श्रद्धाञ्जली गरिने

समाचार

5/6/2019

वीरगन्ज, २३ बैशाख । नेपालीय भोजपुरीका ‘पितामह’ भनिने अग्रज साहित्यकार पण्डित दीपनारायण मिश्रको बृहद श्रधाञ्जली सभा हुने भएको छ ।

वीरगन्जको मुर्ली बैगैचामा स्तम्भकार चन्द्रकिशोरको अध्यक्षतामा बसेको बैठकले आउदो बैशाख २८ गते शनिवारका दिन स्वर्गिय मिश्रको श्रधाञ्जलीसभा आयोजन गर्ने निर्णय भएको छ ।

बिहीवार राति १० बजेर ३८ मिनेटमा वीरगन्ज रेशमटोलस्थित आफ्नै निवासमा ८४ बर्षको उमेरमा उनको निधन भएको थियो ।

बैठकमा एक मिनेट मौन धारण गरेर बैठक अगाडी बढाइएको थियो । बैठकमा बिभिन्न कार्यको लागि जिम्मेवारी बाँडफाँड भएको छ ।

बैठकमा नेपाल भोजपुरी समाज, नेपाल हिन्दी साहित्य परिषद, भोजपुरी टाइम्स दैनिक पत्रिका, संस्कृति, सहयोगी नेपाल, आप्पन वीरगन्ज मेडिया ग्रुप, सजक लगायत संस्थाको प्रतिनिधिगणको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ