भेटेनरी अस्पताल रौतहटको खाता क्लोजिङ्ग

समाचार

7/9/2019

रौतहट, २४ असार । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटको खाता बन्द भएको छ ।

आर्थिक वर्ष २०७५।०७६ को निर्धारित वार्षिक कार्यक्रम सम्पन्न भएकोले मंगलबारदेखि कार्यालयको भुक्तानी दिने कार्य बन्द गरिएको निमित्त कार्यालय प्रमुख सरोज यादवले जानकारी दिएका छन् ।

कार्यालयले किसानसँग गरेको समझौता अनुसारको शतप्रतिशत कार्य सम्पन्न गरी अनुगमन मूल्याङ्कनको साथै कार्यक्रमको भुक्तानी दिने कार्य समयमा सम्पन्न भएकोले खाता क्लोजिङ्ग गरिएको उनले बताए ।

कर्मचारीको निकै आभाव रहे पनि समयमा कार्य सम्पन्न गर्ने पहिलो कार्यालय पशु सेवा विज्ञ केन्द्र भएको छ ।

१६ जना कर्मचारीको दरबन्दी भए पनि ३ जना कर्मचारीले आफ्नो दायित्व समयमा पूरा गरेका हुन् । कार्यालयको जिम्मेवारी सम्भालेका निमित्त प्रमुख यादवले कार्यालयको पूर्ण व्यवस्थित बनाएका छन् ।

शौचालय नभएको कार्यालयमा नयाँ शौचालय निर्माण, सवारी साधन राख्ने ठाउँ गैरेज निर्माण, क्वाटरसम्म जाने पीसीसी ढलान गोरेटो बाटो निर्माण गराइएको छ । निर्माणको कार्य कन्टेन्सीको रकमले गराइएको प्रमुख यादवले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ