भन्सार छली ल्याउँदै गरेको कपडा बरामद

समाचार

5/11/2019

धनुषा, २८ बैशाख । धनौजी गाउँपालिका ४ मुसहरी टोलबाट भन्सार छली मोटरसाइकलमा ल्याउँदै गरेको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको कपडा मोटरसाइकलसहित प्रहरीले बरामद गरेको छ ।

शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट भन्सार छलि नम्बरप्लेट नभएको मोटरसाइकलमा ल्याउँदै गरेको उक्त कपडा र उक्त मोटरसाइकल सहित छाडेर फरार भएकाले प्रहरीले बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ