वीरगञ्ज, २६ वैशाख, । भारतको बिहार राज्यमा हुने लागेको लोकसभा निर्वाचनको लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म सीमा नाका बन्द हुने भएको छ । तेस्रो चरणको लोकसभा निर्वाचनका लागि सहमतिमा नै तीन दिन सीमा नाका बन्द गर्न लागिएको हो ।
तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका पनि बन्द हुनेछ ।
पर्सा जिल्लाको मात्रै १ सय ७ किलोमिटर भू–भाग भारतको बिहारसँग जोडिएको छ । भारतीय लोकसभा निर्वाचनलाई लिएर पछिल्लो पटक सीमावर्ती सुरक्षा निकायका अधिकारीहरुको समन्वय बैठक डेढ महिना अघि मोतिहारीमा बसेको थियो ।
तपाईको प्रतिक्रिया