सुनसरी, ११ चैत । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग समेत गरेको अभियोगमा सुनसरी, इटहरी उपमहानगरपालिका–३ कल्याण चोक बस्ने ५३ वर्षीय देवी लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनले सोही स्थान बस्ने ११ वर्षीया बालिकालाई चैत १ आफ्नो घरमा बोलाई ललाई फकाई कोठामा लगि जबरजस्ती करणी गर्नुका साथै सोही स्थान बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोग छ ।
खबर अस्थायी प्रहरी चौकी तालतलैयामा प्राप्त हुनासाथ खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया