भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई विशेष छात्रावृत्ति

समाचार

6/19/2019

काठमाडौं, ४ असार । भारतको चन्दीगढ रोड हरियाणामा रहेको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ ।

हाल उक्त विश्वविद्यालयमा प्यारामेडिकल, बिएस्सी अप्टोमेट्री, रेडियोग्राफी, रेडियोथेरापी, अपरेशन थिएटर, मेडिकल ल्याब टेक्नोलोजी, बि. फार्मेसी, बि. फिजियोथेरापी, ईन्जिनियरिङ, आर्किटेक्चर (बि.टेक र एम.टेक) र व्यवस्थापन (बिबिए र एमबिए), हेल्थ एसिस्टेन्ट, बिएस्सी एग्रिकल्चर लगायतका दर्जनभन्दा बढि कोर्सहरु प्रदान गर्दै आएको छ ।

उक्त विश्वविद्यालयमा नेपालबाट समेत ५० भन्दा बढि विद्यार्थीहरु हाल अध्ययनरत रहेको विश्विद्यालयका चान्सलर डा. पुनित गोयलले जानकारी दिए ।

विश्वविद्यालय स्थापनाको एक वर्षमै विद्यार्थीको पहिलो रोजाईमा आफूहरुको विश्वविद्यालय परेको उनले विश्वास दिलाए । भुटान, नेपाल, श्रीलंका, घाना, नाईजेरिया, मुजाम्बिक, केन्या, यमनलगायतका विद्यार्थीहरु अहिले अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ