काठमाडौँ, ५ फागुन । काश्मिरमा ४२ जना भारतीय सुरक्षाकर्मी मारिने गरी भएको आतंकवादी हमलाको नेपालले निन्दा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर त्यसको निन्दा गरेका हुन । जैस ए मोहम्म आतंकवादी समूहले काश्मिरको पुलवालामा गरेको हमलामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका ४२ जना जवान मारिएको खबर पाएपछि ओलीले मोदीलाई फोन गरेका हुन् ।
मोदीसँगको फोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले काश्मिरमा भएको आतंकवादीको हमलाको निन्दा र भत्र्सना गरे ।
प्रधानमन्त्रीले मोदीसँगको फोनवार्ताका क्रममा आतंकवादी हमलामा मारिएका जवानहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
ओलीले आतंककारी कृयाकलपा जुनसुकै रंग, जाति या क्षेत्रको भए पनि त्यो सधैँ निन्दनीय हुने बताउँदै यो संकटको घडीमा आफू र नेपाल भारतको साथमा रहेको बताएका थिए ।
यसैबीच परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति निकाल्दै काश्मिरमा भएको चरमपन्थी हमलाको कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्रले कुनै पनि किसिमको आतंकवादी गतिविधि नेपालका लागि सह्य नहुने जनाएको छ ।
परराष्ट्र मन्त्रालयले काश्मिरमा भएको हमलामा मारिएकाहरू सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सुरक्षाकर्मीको स्वास्थ्य लाभको कामना गरेको छ । परराष्ट्रले यो संकटको घडीमा नेपाल भारतको पक्षमा सदैव रहने पनि उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया