भारतको बोधगया र कुशीनगरमा लुम्बिनी भ्रमण वर्षको प्रचार

समाचार

4/7/2019

काठमाडौं, २४ चैत । बुद्ध जन्मस्थलमा २० लाखभन्दा बढी पर्यटक भित्रयाउने लक्ष्यसहित प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्षको तयारीलाई तीव्रता दिएको छ ।

पर्यटक बढाउन बुद्धसँग सम्बन्धित नेपाल र भारतका सबै स्थानमा प्रचार सुरु गरिएको छ । सरकारले पहिलोपटक भारतको बोधगया र कुशीनगर पुगेर बौद्धमार्गीको ध्यान लुम्बिनीमा खिच्ने योजना बनाएको छ ।

बुद्धले ज्ञान प्राप्त गरेको बोधगया र देहत्याग गरेको कुशीनगरलाई बुद्ध जन्मस्थल लुम्बिनीसँग जोड्न ऊक्त कार्यत्रम आयोजना गरिएको हो । सरकारले एक महिनाअघि विशेष कार्ययोजना बनाएर भ्रमण वर्षको तयारी थालेको थियो ।

पर्यटन मन्त्रालयका सूचना अघिकारी जीवन पाण्डेले बोधगया र कुशीनगरमा ‘रोड सो’ आयोजना गरिने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ