काठमाडौं, २६ माघ । सरकारले भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाली सेनाको आग्रहमा दुई देशका सेना प्रमुखको नेपाल भ्रमणलाई अनुमति दिने निर्णय गरेको बताए ।
नेपाल भ्रमणका वेला भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभानेलाई नेपाली सेनाको मानार्थ सेनापतिबाट सम्मान गर्ने कार्यक्रम छ ।
नाराभाने भारतका २८ औं सेना प्रमुख हुन भने इजरायली सेना प्रमुख जोकोभिच लामो समय इजरायली सेनाको गुप्तचरी निकायमा रहेर काम गरेका थिए । नेपाल भ्रमणमा आउन लागेका दुवै मुलुकका सेना प्रमुख नेपाली सेनासँग नजिक रहेर सहकार्य गर्दै आएका छन ।
तपाईको प्रतिक्रिया