भारत–चीन सीमा निरीक्षण गर्न समिति

समाचार

12/18/2019

काठमाडौँ, २ पुस । सरकारले चीन र भारतसँगका सीमा समस्या बुझी सूचना संकलन गर्न दुइटा ‘सीमा निरीक्षण समिति’ गठन गरेको छ ।

सीमा क्षेत्रमा हुने अतिक्रमण, विवाद, निर्माण भएका र निर्माणाधीन भौतिक पूर्वाधार तथा द्विपक्षीय प्रभावलगायत विषयमा अध्ययन गर्न समिति गठन गरिएको हो ।

नेपाल–चीन समितिको संयोजकमा परराष्ट्र मन्त्रालय उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कालीप्रसाद पोखरेल छन् ।

यस्तै परराष्ट्रकै दक्षिण एसिया महाशाखाका प्रमुख यज्ञबहादुर हमालले नेपाल–भारत सीमा निरीक्षण समितिको नेतृत्व गर्नेछन् ।

भारततर्फ नेपालको सीमा स्तम्भ ताप्लेजुङमा सुरु भई दार्चुलामा पुगेर टुंगिएको छ भने चीनतर्फ भने नेपालको सीमा दार्चुलाको लिपुलेकबाट पूर्वमा पाँचथरको झिङसाङ चुलीसम्म छ ।

दुवै समितिमा परराष्ट्रसहित गृह, रक्षा र भूमि व्यवस्था मन्त्रालय (नापी विभाग) तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) प्रतिनिधि छन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ