भारतद्वारा नुवाकोटमा माध्यमिक विद्यालयको भवन निर्माण

समाचार

2/10/2020

काठमाडौं, २७ माघ । भारत सरकारले भूकम्पपश्चातको पूनर्निर्माण परियोजनाअन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरेको छ ।

उक्त विद्यालय भवनको औपचारिक उद्घाटन सोमबार भूतपूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् । उक्त उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ पनि उपस्थित थिए ।

भारतीय राजदूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव सुचिता किशोरले दूतावासको प्रतिनिधित्व गरेकी थिइन् ।

नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस ऐँसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (वि.सं. २०४६ साल) मा स्थापना भएको हो । यस विद्यालयले करिब ६३७ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

भारत सरकारको नेरु ३९.५७ मिलियन अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा ब्लकहरु रहेका छन् ।

यस विद्यालयको तीनतल्ले शैक्षिक भवनमा ६ वटा कक्षाकोठा रहेका छन् भने दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षाकोठाका साथै फर्निचर र छात्रछात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको हो ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । भूकम्पपश्चातको पूनर्निर्माण परियोजनालाई सम्पन्न गर्नका निमित्त नेपाल सरकार र नेपाली जनतासँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ