काठमाडौं, ७ माघ । भारतले गोरखा र नुवाकोटमा निर्माणका भएका ५० हजार वटा निजी आवास नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्समार्फत भारतीय सहयोगमा गोरखा र नुवाकोटमा बनेको ५० हजार घर आवास हस्तान्तरणको घोषणा गरेका हुन् ।
भारतको कूल १५ अर्ब सहयोगमा गोरखा र नुवाकोटमा निजी घरहरु बनेका छन् ।
यो आवास निर्माणमा भारतले दिएको रकम सरकारले भूकम्पपीडित लाभग्राहीलाई आर्थिक सहयोगमा रुपमा उपलब्ध गराएको थियो । १५ अर्ब रुपैयाँमध्ये १० अर्ब अनुदान हो भने ५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग हो ।
यसमध्ये गोरखामा २६ हजार ९ सय १२ र नुवाकोटमा २३ हजार ८८ घरको पुनर्निर्माणमा भारतले सहयोग गरेको छ ।
सरकारले पुनर्निर्माणमा प्रतिघर ३ लाख रकम दिएको हो । जुन रकम पुनर्निर्माण प्राधिकरणमार्फत लाभग्राहीले पाएका थिए । भारतले भूकम्पपछि प्रतिवद्धता व्यक्त गरेको १ खर्ब रुपैयाँबाटै यो रकम खर्च भएको हो ।
तपाईको प्रतिक्रिया